बाँकेको राप्ती नदीमा डुबेर शनिबार (चैत ३०) एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–३, सिनावासस्थित राप्तीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षीका चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनका अनुसार, गाउँका अरू महिलासँग राप्तीमा माछा मार्न गएका बेला नदीमा डुबेर दिक्षीकाको मृत्यु भएको हो । ‘माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षीकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ,’ उनले भने ।
दिक्षीकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । शव परीक्षणनिम्ति नेपालगन्जकै भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके