२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

राप्तीमा डुबेर युवतीको मृत्यु

बाँकेको राप्ती नदीमा डुबेर शनिबार (चैत ३०) एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–३, सिनावासस्थित राप्तीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षीका चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार, गाउँका अरू महिलासँग राप्तीमा माछा मार्न गएका बेला नदीमा डुबेर दिक्षीकाको मृत्यु भएको हो । ‘माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षीकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ,’ उनले भने ।

दिक्षीकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । शव परीक्षणनिम्ति नेपालगन्जकै भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार