सूचनाको शक्ति - The Power Of Information

        

आज कुन राशिलाई कति लाभ ?

२०८१ चैत ३१ गते आइतवार, १३ अप्रिल २०२५ । वैशाख कृष्णपक्ष प्रतिपदा तिथि । चित्रा नक्षत्र, २०ः१४ बजेपछि स्वाती । चन्द्रराशि कन्या, ६ः५७ बजेपछि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । तर छिद्र खोतल्नेहरू प्रशस्तै हुनेछन् । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । सोखले बढी खर्च गराउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । हडबडीले काम बिग्रन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ । दीर्घकालीन महत्त्वका काममा निर्णय लिनुअघि सोचविचार गर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनीयतामा ध्यान दिनुहोला । दिन केही खर्चिलो रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ । विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ । खानपानको सोखले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्चिलो समय रहेकाले रकम जोगाउन प्रयास गर्नुहोला । आर्थिक प्रलोभन देखाउनेहरूबाट पनि सजग रहनुहोला । दिगो योजनाका लागि काम थाल्ने समय छ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । अरूको वस्तुमा लालच गर्दा आफ्नै धनमाल गुम्न सक्छ । बनिसकेको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा पनि रकम बाहिरिन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ । भाग्यले कीर्तिमानी काम गर्ने अवसर दिलाउन सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुन सक्छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतवार ०६:५०

लोकप्रिय