२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

शिक्षक अझै सडकमा, प्रदर्शनलाई निरन्तरता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ३० गते शनिबार

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले शनिबार (चैत ३०) ११औँ दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आफूहरूसँग गरिएको सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै उनीहरूले माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

आफ्ना कुनै नयाँ माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडताल समेत गरेका छन् । सोही कारण शैक्षिक गतिविधि ठप्प छ ।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार