२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

कैलालीमा तास खेलिरहेका १३ जना समातिए

सत्यपाटी
सत्यपाटी । कैलाली । २०८१ चैत ३० गते शनिबार

कैलालीमा तास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ४० वर्षीय खडक कुँवरसहितका व्यक्तिहरू छन् ।

सोही स्थानमा कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेन्टुरेन्ट एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (चैत २९) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद एक लाख १२ हजार ३२० रुपैयाँ र तीन बुक ताससहित तास खेलिरहेका १३ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार