चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–२२ मा रहेको श्री नयाँ गोरख गण कसरा ब्यारेकमा हतियार सफा गर्ने क्रममा गोली लागेर २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो । शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले बताएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गोली लागेर सैनिकको मृत्यु भएको पुष्टि गरे ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले दाहिने तिघ्रामा गोली लागेका थारूको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जानकारी दिए । घटनाको थप अध्ययन गरिनेछ ।
प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार