२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

ढुंगाले लागेर एक्साभेटर चालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजना अन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको मंगलबार दुर्घटनामा परेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुंगाले लागेर चालक गुरुङको मृत्यु भएको हो । ढुंगाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत २७ गते बुधबार