देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । ‘काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,’ मौसमविद् रोजन लामिछाने भन्छन् । आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको उनले जानकारी दिए । भोलि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । ‘आजभन्दा भोलि वर्षाको सम्भावना धेरै छ,’ मौसमविद् लामिछानेले भने, ‘पर्सी (शुक्रबार) पनि वर्षाको सम्भावना छ । शुक्रबार दिउँसोभन्दा बिहानको राति बढी वर्षाको सम्भावना छ ।’ पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षाको सम्भावना रहेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं