२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

एमालेको आन्दोलनप्रति ज्ञानेन्द्र शाहीको ‘हरिबिजोग’को संज्ञा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ८ गते शुक्रबार

सत्तारूढ दल नेकपा (एमाले)ले राजावादी सक्रिय भएको भन्दै चैत ११ गतेदेखि शृङ्खलाबद्ध रूपमा आन्दोलनको घोषणा गरेको छ । एमालेको घोषणा लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले भने यसलाई ‘हरिबिजोग’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै शाहीले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,आफैँ सरकारमा आफैँ आन्दोलन गर्ने ? आन्दोलनचाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?’

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार