देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा हिमपात पनि हुनेछ । विभागले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं