सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस सांसदले पर्यटक ल्याउन यौन व्यवसाय चलाउनुपर्छ भनेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले नेपालमा यौन व्यवसाय सरकारले नै चलाउने दिन लागेको हो भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा उनले अघिल्लो दिन (आइतबार) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

सिंहले भने, ’देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले । यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?’

उनले नेपाल देवभूमि भएको पनि बताए । सिंहले भने, ’यो देश देवभूमि हो, माता सीता र भृकुटीको हो । यो देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो । यही दिनका लागि गणतन्त्र ल्याएको हो? यही दिनका लागि राजा फ्याँकेको हो ?’ आइतबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १२:१६

लोकप्रिय