२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

राप्रपा त्यागेर राजा ल्याउने अठोट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ४ गते सोमबार

पञ्चायतकालीन नेता नवराज सुवेदीले पार्टी परित्याग गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीले राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलन गर्दै सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका हुन् । ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु,’ उनले भने । उनले राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म–संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको नेपालका हरेक परिवर्तन आन्दोलनको बलमा हुँदै आएको पृष्ठभूमिमा हामी भने सकेसम्म निश्चित एजेन्डाका साथ प्रस्तुत भएका छौं ।’

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार