सूचनाको शक्ति - The Power Of Information

        

पाँच वटा प्रदेशमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

‘सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ,’ मौसमविद् सरोज पुडासैनीले भने । काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । सामान्य बदली रहे पनि काठमाडौंमा आज वर्षा नहुने उनले जानकारी दिए ।

देशका केही भूभागमा आज हावाहुरीको पनि सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले भने । ‘कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,’ मौसमविद् पुडासैनीले भने ।

मौसमविद् पुडासैनीका अनुसार अपराह्नपछि यी प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ । हिजो पनि पूर्वी नेपालको सोलुखुम्बु लगायत केही जिल्लामा हावाहुरीको चलेको थियो । हावाहुरी चल्दा हवाई सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार ०७:०१

लोकप्रिय