रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ । यी दुई वडामा सडकसम्पर्क स्थापित नहुँदा ढुवानीका लागि परम्परागत साधनमै भरपर्नु परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ देउखोलासम्म मात्रै सावारीसाधन सञ्चालन हुने गरेका छन् ।
देउखोलाभन्दा माथिको भू–भागमा भने घोडा र खच्चडले सामान ओसार पसार गर्ने गरेको सिस्ने–२ का टेकबहादुर खड्काले बताए । ‘देउखोलासम्म सडक खुलेको लामो समय भइसक्यो । १० किलोमिटर सडक कालेपत्र भइसकेको छ तर देउखोलाभन्दा माथि कडा चट्टानका कारण सडक विस्ता भएको छैन, जसले गर्दा अझै पनि दैनिक उपभोग्य वस्तुको ढुवानीमा खच्चड र घोडाकै भरपर्ने अवस्था छ,’ उनले भने ।
नायगाडमा सानिभेरी नदिबाट डोजर तारेर सडक निर्माण भने भएको छ । देउखोलादेखि नायगाडसम्म जोड्ने सडक नबन्दा दुई वडा सडक सञ्जालमा जोडिन नसकेका हुन् । यातायातका साधन नपुगेका कारण यी वडाको विकास पनि प्रभावित भइरहेको छ । ‘सिमेन्ट, बालुवा दुवानी गर्दा पनि घोडा खच्चडबाटै गर्नुपर्छ, लागत महङ्गो छ । जिल्लाको दररेट फरक छ, जसले विकासमा समस्या छ,’ तिलकराज रसाईलीले भने ।
एकातिर यी वडामा सडक बनेको छैन, अर्कोतिर भएका पुराना गोरेटो बाटो पनि व्यवस्थित छैनन् । गत बर्खामा पहिराले बालुकाप्चे भिरको बाटो बगाएपछि झनै समस्या भएको छ । हाललाई देउखोलाबाट सानीभेरी नदीमा बाटो झारेर बगर हुँदै आवतजावत भए पनि बर्खामा भने त्यो बन्द हुनेछ । सिस्ने–२ का वडाध्यक्ष कृष्ण खड्काले अर्को भालुकाप्चे भिरमा पनि बाटो बनाउन सकिने अवस्था नरहेको बताए ।
बर्खामा दुवै ठाउँको बाटो बन्द हुँदा घोडा खच्चडबाट ढुवानी हुने सामान पनि ठप्प हुने उनको भनाइ छ । यी वडा सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने वडा अध्यक्ष खड्काले बताए । भालुकाप्चे भिरमा गत बर्खामा पहिरो गएको थियो । सिस्ने–१ र २ का नागरिकले बर्खामा यहाँबाट जिल्ला सदरमुकाम डोरीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पूर्व