सूचनाको शक्ति - The Power Of Information

        

चट्याङसहित वर्षा हुने, हवाई सेवा प्रभावित हुने सम्भावना

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली रहेको छ ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ ।

‘काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,’ मौसमविद् गोविन्द झा भन्छन्, ‘ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।’ प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने उनको भनाइ छ ।

अपराह्नपछि प्रि–मनसुनमा वर्षा हुनुलाई समान्य मान्नुपर्ने उनी बताउँछन् । ‘यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्छ,’ विभागले भनेको छ, ‘त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह छ ।’ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार ०७:२०

लोकप्रिय