सूचनाको शक्ति - The Power Of Information

        

सबेरै उठेर बोलौं यी १० वाक्य

जब कसैले हाम्राबारेमा राम्रो कुरा गर्छ, हामी आनन्दित महशुस गर्छौं । मानवीय स्वभाव नै हो, प्रशंसा सुन्न इच्छा गर्ने । तथापि, अरूले आफ्ना बारेमा राम्रो कुरा गर्दा मात्र आनन्द महशुस गर्ने होइन, आफैंले पनि सकारात्मक सोचको विकास गरियो भने आनन्दित महशुस हुन्छ ।

सबेरै उठेर पजिटिभ कुरा गर्ने, आफैंलाई मानसिक रूपमा प्रशिक्षित गर्ने बानीले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्छ । त्यसबाट आत्मविश्वास बढ्छ । र, सकारात्मक सोचको विकास गर्न मद्दत पुग्छ ।

यदि हामीले आफैंसँग राम्रो कुरा मात्र गरिरहँदा दिमागलाई शान्ति मिल्छ । र, हामी हमेशा खुशी रहन्छौं । अनि आफैंसँग भरोसा गर्न सिक्छौं । सकारात्मक भावबाट दिमागलाई प्रशिक्षित गर्दा मनमा रहेका नकारात्मक भावना र विचार विस्तारै हट्दै जान्छन् ।

सकारात्मक सोचका ५ प्रभाव

  • आत्मविश्वास बढ्छ ।
  • तनावको स्तर कम हुन्छ ।
  • नकारात्मकता कम हुन्छ ।
  • उत्साह र ऊर्जा बलियो बन्छ ।
  • स्वस्थ आनीबानी अपनाउन सहज हुन्छ ।

सबेरै बोल्ने १० वाक्य

  • म हरेक काम राम्रोसँग सम्पादन गर्नेछु ।
  • आजको दिन सम्भावनाबाट भरिपूर्ण छ ।
  • मेरो जीवनमा सुख–समृद्धि आउँदैछ ।
  • म आफ्नो ताकतलाई राम्रोसँग चिन्छु ।
  • म हरेक परिस्थितिमा शान्त र सन्तुलित रहन्छु ।
  • म आफ्नो शरीर र मनलाई राम्रोसँग ख्याल राख्छु ।
  • म आफैंसँग प्रेम गर्छु ।
  • मलाई आफ्नो महत्त्व राम्रोसँग जानकारी छ ।
  • मेरो जीवनमा सकारात्मक मानिस र अनुभव आउँछन् ।
  • रुखबिरुवा, आकाश, मानिस सबै कति सुन्दर छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०६:००

लोकप्रिय