जब कसैले हाम्राबारेमा राम्रो कुरा गर्छ, हामी आनन्दित महशुस गर्छौं । मानवीय स्वभाव नै हो, प्रशंसा सुन्न इच्छा गर्ने । तथापि, अरूले आफ्ना बारेमा राम्रो कुरा गर्दा मात्र आनन्द महशुस गर्ने होइन, आफैंले पनि सकारात्मक सोचको विकास गरियो भने आनन्दित महशुस हुन्छ ।
सबेरै उठेर पजिटिभ कुरा गर्ने, आफैंलाई मानसिक रूपमा प्रशिक्षित गर्ने बानीले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्छ । त्यसबाट आत्मविश्वास बढ्छ । र, सकारात्मक सोचको विकास गर्न मद्दत पुग्छ ।
यदि हामीले आफैंसँग राम्रो कुरा मात्र गरिरहँदा दिमागलाई शान्ति मिल्छ । र, हामी हमेशा खुशी रहन्छौं । अनि आफैंसँग भरोसा गर्न सिक्छौं । सकारात्मक भावबाट दिमागलाई प्रशिक्षित गर्दा मनमा रहेका नकारात्मक भावना र विचार विस्तारै हट्दै जान्छन् ।
सकारात्मक सोचका ५ प्रभाव
- आत्मविश्वास बढ्छ ।
- तनावको स्तर कम हुन्छ ।
- नकारात्मकता कम हुन्छ ।
- उत्साह र ऊर्जा बलियो बन्छ ।
- स्वस्थ आनीबानी अपनाउन सहज हुन्छ ।
सबेरै बोल्ने १० वाक्य
- म हरेक काम राम्रोसँग सम्पादन गर्नेछु ।
- आजको दिन सम्भावनाबाट भरिपूर्ण छ ।
- मेरो जीवनमा सुख–समृद्धि आउँदैछ ।
- म आफ्नो ताकतलाई राम्रोसँग चिन्छु ।
- म हरेक परिस्थितिमा शान्त र सन्तुलित रहन्छु ।
- म आफ्नो शरीर र मनलाई राम्रोसँग ख्याल राख्छु ।
- म आफैंसँग प्रेम गर्छु ।
- मलाई आफ्नो महत्त्व राम्रोसँग जानकारी छ ।
- मेरो जीवनमा सकारात्मक मानिस र अनुभव आउँछन् ।
- रुखबिरुवा, आकाश, मानिस सबै कति सुन्दर छन् ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार
सत्यपाटी