नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो ।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन् । उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन् । उनलाई एआइजीमा बढुवा गर्नकै लागि अर्का एआइजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खाली गराइएको थियो ।
भट्टराईले एआइजीका रूपमा दुई साता मात्रै काम गर्न पाउनेछन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन् ।
प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार
सत्यपाटी