नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो ।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन् । उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन् । उनलाई एआइजीमा बढुवा गर्नकै लागि अर्का एआइजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खाली गराइएको थियो ।
भट्टराईले एआइजीका रूपमा दुई साता मात्रै काम गर्न पाउनेछन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं