मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रवार हुने भएको छ । दीक्षान्त समारोहमा ३ हजार ८४१ जना विद्यार्थी दीक्षित हुने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सका डीन सह प्रा.डा.लीलाधर तिवारीले जानकारी दिए ।
दीक्षान्त समारोहबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डीन तिवारीले स्नातक तहमा २ हजार १८९, स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुन लागेको बताए ।
उनका अनुसार सन् २०२२, २०२३ र २०२४ मा पास आउट भएका स्नातकबाट ३ हजार ८४१ जना दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा सहभागी हुन ८ सय ८५ जनाले मात्र फाराम भरेका थिए । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक प्रदान गरिने छ ।
त्यस्तै सबै ग्र्याजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना गरी ३५ जना विद्यार्थीहरूले प्रमाणपत्र सहित पदक पाउने डीन तिवारीले जानकारी दिए ।
तेस्रो दीक्षान्त समारोह शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा हुने बताइएको छ । समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराई, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा समेत दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
२०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ७ वटा केन्द्रीय विभाग छन् । विश्वविद्यालयमा ९ वटा विषयमा स्नातक तथा १३ विषयमा स्नातकोत्तर तहमा अध्यापन हुँदै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत