चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पारेका छन् । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको छ । ‘बैजनी बुङ्गेचरा’ फेला परेसँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।
मेचीनगर–६ काँकडभिट्टा निवासी संरक्षण अभियन्ता खरेलले यसअघि ‘हरित परेवा’ नामक अर्को नयाँ चरा नेपालमा फेला पारेका थिए । खरेलका अनुसार ‘बैजनी बुङ्गेचरा’को अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ हो । भारत, श्रीलङ्का लगायतका कतिपय मुलुकमा यो चरा पाइएको छ ।
चरा अवलोकनको क्रममा खरेलले २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैँचामा ‘बैजनी बुङ्गेचरा’को जोडीको पहिलो तस्बिर र भिडियो खिचेका थिए । खरेलले फागुन ९ गते उक्त तस्बिरलाई नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए ।
सङ्घका अध्यक्ष डा तुलसी सुवेदीले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत नेपालमा नयाँ चराको रूपमा ‘बैजनी बुङ्गेचरा’ थपिएको सार्वजनिक गरेको खरेलले बताए । चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहेका चराविद् खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियो समेत खिचेर कीर्तिमान राखिसकेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा