पछिल्लो समय बाघको आक्रमणबाट ज्यान गुमाएका सङ्ख्या बढ्दो छ । सन् २०१८ मा २३५ वटा बाघ थिए । चार वर्षमा १२० वटा बाघ थपिएका छन् । सन् २०२२ यता देशभर बाघको सङ्ख्या ३५५ रहेका सरकारी तथ्याङ्क छ । यिनै बाघले मान्छेमाथि आक्रमण गरी ज्यान लिने गरेका छन् ।
नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ । यो बाघको मुख्य वासस्थान पनि हो । यहाँका बासिन्दा र यहाँ जाने पर्यटकले बाघको आक्रमणबाट जोगिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव
- जंगलमा जाँदा चम्किलो कपडा नलगाउने,
- जंगल वा जंगल छेउछाउ हुँदा कान र आँखा चनाखो राख्ने,
- बाघको चिन्न, पिसाब र गन्ध याद गर्ने,
- बाघ देखिएमा नजिक नजाने र नजिस्काउने,
- बाघको प्रजनन समय र वसन्त ऋतुमा जंगल नजाने,
- बाघ देखेमा सम्भावना भएमा २० देखि २५ फिट अग्लो रुखमा चढ्ने
- बाघसँग जाम्का भेट भइहालेमा बाँघसँग टक्क आँखा जुधाएर पछाडि सर्दै सुरक्षित स्थानमा जाने,
- यदि समूहगत रूपमा बाघसँग जम्का भेट भएको छ भने, हल्ला नगर्ने, पानीमा हाम नफाल्ने किनकि बाघ पानीमा तैरिन सक्छ ।
- बाघले पशुवस्तुमाथि आक्रमण गरेको छ भने, खोस्न नजाने,
- बाघले आक्रमण गरेमा नजिकैको वन कार्यालय वा वन्यजन्तु आरक्षण कार्यालयमा जानकारी गराउने ।
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार
सत्यपाटी