सूचनाको शक्ति - The Power Of Information

        

आज कसलाई कति लाभ ? हेरौं राशिफल

२०८१ फागुन २१ गते बुधवार, ५ मार्च २०२५ । फाल्गुण शुक्ल पक्ष षष्ठी तिथि । भरणी नक्षत्र ०७ः१६ बजेपछि कृत्तिका । चन्द्रराशि मेष, १२ः५२ बजेपछि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ । समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले धेरै काम सम्पादन हुनेछन् र कामको नतिजाले उत्साह जगाउनेछ । शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले रोकिएका काम बन्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । लगानी बढाउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ । हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

धेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ । दिउँसोदेखि काममा बाधा र फजुल खर्चको सम्भावना देखिन्छ । ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । खर्च लागे पनि मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साझेदारी र सट्टापट्टामा पनि मनग्गे लाभ हुनेछ । दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुरुमा प्रतीक्षित नतिजा कमजोर देखिनाले थोरै फाइदा हुनेछ । अरूका लागि समय खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । भविष्यमा फाइदा हुने काम प्रारम्भ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पूर्वाह्नको समय फलदायी रहनेछ । व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि प्रतिफल न्यून मात्र हातलागी हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्रियजनसँग रमाइलो भेट हुनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा समय दिन नसकिएला । समयको मागलाई ध्यान दिन नसक्दा पनि पछि परिनेछ । बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यले फाइदा दिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । दिउँसोदेखि परिस्थिति अलि असहज बन्न सक्छ । उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला । पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ । आफन्त एवं साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा विशेष प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ०७:०३

लोकप्रिय