२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

बर्दियामा मृत भेटियो पाटेबाघ

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८१ फागुन २० गते मंगलबार

बर्दियामा एक भाले पाटेबाघ मरेको अवस्थामा फेला परेको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ मा रहेको भवानी सामुदायिक वनमा भाले पाटेबाघ मरेको अवस्थामा फेला परेको हो ।

सामुदायिक वनका उपभोक्ता र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक वन गस्ती गर्दा गन्ध आएपछि खोजबिन गर्ने क्रममा मरेको अवस्थामा बाघ फेला परेको हो । बाघ केही साताअघि मरेको अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।

बाघको प्रकृति हेर्दा लामो समयसम्म खान नपाएर मरेको हुनसक्ने उनले बताए । बाघ करिब तीन वर्षको भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजीत तुम्बाहाङ्फेले बताए । उनले भने, ‘कुहिएको अवस्थामा बाघ फेला परेको छ । मृतक बाघको शरीर कुहिएको हुँदा पोस्टमार्टम गर्न समेत कठिन भएको छ ।’

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार