देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुख्यतया मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ ।
दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । बुधबार दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं