भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ मध्ये ३३ जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
यसअघि त्यस क्षेत्रमा ५७ जना मजदूर रहेका खबर सार्वजनिक भएको थियो । तर चमोलीका डीएमले दुई जना बिदामा रहेका जानकारी दिएका छन् । हिमपहिरोमा परी अझै २२ जना बेपत्ता रहेका र उनीहरूको खोजीमा भइरहेको खबरमा उल्लेख छ । मजदूरको उद्धारका लागि सेनासँगै आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली खटिएका छन् ।
हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको हो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् । हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । भारत