हिँड्नु स्वास्थ्यका लागि लाभदायक त छँदैछ । तर, सबै किसिमको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी नहुन सक्छ । हिँड्नुको पनि तरिका हुन्छ । गफ गर्दै वा सङ्गीत सुन्दै हिँड्दा हिँडाइमा ध्यान केन्द्रित हुँदैन जसले गर्दा हिँडाइको पूर्णफाइदा प्राप्त नहुन सक्छ ।
विशेषज्ञहरू भन्छन्, हातखुट्टाको लय मिलाएर तीव्र गतिमा हिँड्नु फाइदाजनक हुन्छ । हिँडाइलाई व्यायामको रुपमा लिने हो भने पसिना आउने गरी छिटोछिटो हिँड्नुपर्छ । दैनिक ३० मिनेट मात्र सही तरिकामा हिँड्दा शरीरमा गजब १० किसिमको फाइदा हुन्छ ।
दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा मस्तिष्कले इन्ड्रोफिन, हर्मोनको उत्पादन गर्छ । जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्याउने गर्छ ।
बिहान आधा घण्टा हिँड्दा रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ । यसले शरीरको रक्तसञ्चारमा पनि सुधार गर्छ ।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार दौडिनु जस्तै हिँड्नु पनि मुटुका लागि राम्रो हुन्छ । यसले मुटुमा रक्तसञ्चार बढाउँछ, कोलेस्टेरोल घटाउँछ र रक्तचापलाई स्थिर राख्छ । जसले गर्दा मुटु रोगको जोखिम कम हुन्छ ।
३० मिनेटको पैदल यात्राले हड्डी र जोर्नीलाई पनि बलियो बनाउँछ । जोर्नी बलियो हुँदा चोटपटकको जोखिम कम हुन्छ । आर्थराइटिस फाउन्डेसनका अनुसार हिँड्नु हड्डीका लागि निकै फाइदाजनक हुन्छ ।
लगभग १५ प्रतिशत कोलोन क्यान्सर (ठूलो आन्द्राको क्यान्सर)को जोखिम शारीरिक गतिविधिबाट रोक्न सकिन्छ । यस्तोमा दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा कोलन क्यान्सरको जोखिम कम हुन्छ ।
दैनिक हिँड्नु मानसिक स्वतथ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले दिमाग शान्त राख्छ । जसले गर्दा तनाव र चिन्ता जस्ता समस्याहरू निम्तिन पाउँदैन ।
दैनिक आधा घण्टा पैदल हिँड्दा मस्तिष्कलाई पनि फाइदा हुन्छ । यसले दिमागको क्षमता बढाउँछ, जसले सोच्ने क्षमतामा पनि सुधार गर्छ ।
दैनिक ३० मिनेट हिँड्दा मांसपेशी पनि बलियो हुन्छ । हिँडाइले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाइ कम गर्न मद्दत गर्छ ।
३० मिनेटको हिँडाइले लगभग २०० क्यालोरी बर्न गर्न सहयोग गर्छ । दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ, जसले शरीरमा जम्मा भएको बोसो घटाउँछ र तौल घटाउन मद्दत गर्छ ।
हिँड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसामा अक्सिजन राम्रोसँग पुग्न पाउँछ यसो हुँदा विकारहरूलाई हटाउन मद्दत गर्छ र शक्तिमा वृद्धि गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं