कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा हिजो बसेको बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ ।
नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ । यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने तय भएको थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)को चुनावमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं