समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन् । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन् ।
व्यवस्थापकीय कमजोरीका कारण समयमै जहाजको मर्मतसम्भार हुन नसक्दा आन्तरिकतर्फको एक ट्विअटर जहाज गत जेठदेखि ग्राउन्डेड छ । अर्काे जहाजसमेत इन्जिनको उडान समय सकिएर दुई महिनादेखि ग्राउन्डेड भएपछि आन्तरिकतर्फका २० वटा गन्तव्यको उडान ठप्प बनेको छ ।
जहाज अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको निगमले अन्तर्राष्ट्रियतर्फ उडानमा रहेका तीन जहाजसमेत समयमै मर्मतसम्भार गर्न नसक्दा एकै समयमा तीन वटा जहाज ग्राउन्डेड भएका हुन् । उडान अस्तव्यस्त बन्दा टिकट खरिद गरेका यात्रुले सास्ती भोग्दै आएका छन् ।
निगमका प्रवक्ता रमेश पौडेलले भने आन्तरिक उडानमा रहेका दुई वटै चिनियाँ जहाज पुराना भएका र उक्त जहाजका पार्टपुर्जा सहज र समयमै उपलब्ध नहुँदा ग्राउन्डेड हुन पुगेको बताए । अन्तर्राष्ट्रितर्फका जहाजमध्ये एउटा जहाज विस्तृत परीक्षण (फाइभसी चेक) का क्रममा चीनमा रहेको र अर्काे एक जहाज मर्मतपश्चात् तत्काल उडानमा आउने पौडेको भनाइ छ ।
आन्तरिकतर्फका जहाजको पार्टपुर्जा शनिबारसम्म नेपाल आइपुग्ने र आगामी मङ्गलबारदेखि नियमित उडानमा आउने उनको दाबी छ । पौडेलले भने, ‘अहिले नाइन एनएलजेड कलसाइन वाइडबडीले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गरिरहेको छ भने अर्को नाइन एनएएलवाई कलसाइन जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट आइसकेकाले मर्मतपश्चात् दिल्ली उडान गर्ने छ ।’
विस्तृत परीक्षणका लागि चीनमा रहेको नाइनएन–एकेडब्लु न्यारोबडी जहाजको सम्पूर्ण मर्मतसम्भारको काम सकिएको र भन्सार क्लियरेन्स प्रव्रिmयामा रहेकाले उक्त जहाज शनिबारसम्म नेपाल आइपुग्ने उनले बताए । नोज ल्यान्डिङ गियरमा समस्या आएको अर्को न्यारोबडी नाइन एनएकेएक्स जहाज मर्मतका लागि दिल्ली लैजान लागेको उनको भनाइ छ ।
हाल निगमले अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ २० वटा गन्तव्यमा उडान गर्दै आएको छ । आन्तरिकतर्फका दुई वटै ट्विअटर जहाज ग्राउन्डेड हुँदा ताप्लेजुङ, भोजपुर, फाप्लु, खानीडाँडा, थामखर्क, सुर्खेत, हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा, रुम्जाटर, गुल्मी लगायतका गन्तव्यमा महिनौँदेखि उडान ठप्प छ ।
त्यस्तैगरी अन्तर्राष्ट्रितर्फको उडान तालिका भद्रगोल हुँदा निगमले केही यात्रु होटेलमा राखेको छ भने केही यात्रुलाई अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाएर आर्थिक भार बेहोर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं