प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षीया अनिताकुमारी यादव पक्राउ परेकी हुन् ।
मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको निधार तथा घाँटी रेटि बोराभित्र बाँधिएको अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानमा मृतक अन्सारीसंग अनिताकुमारी यादव साढे दुई वर्ष प्रेम सम्बन्धमा रहेको खुलेको छ । मृतकले अनितालाई कतार रहदा बेलाबेलामा पैसा समेत पठाउने गरेकोसमेत खुल्नआएको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । अनुसन्धानकै क्रममा यादवको श्रीमान राजकिशोर यादवको समेत संलग्नता रहेको खुलेको तिवारीले बताए ।
यादव गत मंसिर १५ गते साउदीबाट घर फर्किएको थियो । अनिताले मृतक अन्सारीलाई उनको श्रीमती विरामी रहेको झुठो खवर दिई कतारबाट नेपाल बोलाएकी थिइन् । अन्सारी मंसिर २६ गते घर फर्किएका थिए ।
अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान् श्रीमति मिलेर उनलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । घटना लगत्तै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए । राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया भइरहेको छ जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जनकपुर