२०८१ फागुन १६ गते शुक्रवार, २८ फेब्रुवरी २०२५ । फाल्गुण कृष्णपक्ष औँसी तिथि, प्रातः ७ः०१ बजेपछि प्रतिपदा । शतभिषा नक्षत्र, १४ः५८ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । काम बन्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ । दिगो लाभ हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला ।
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ । तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । मिहिनेतले केही लाभांश दिलाउन सक्छ । काम रोकिए पनि दिगो योजना बन्नेछ ।
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।
नयाँ अवसर प्राप्त नभए पनि विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । काममा प्रशस्त लाभ उठाउन सकिनेछ ।
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ ।
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि तथा घरेलु कामकाजमा बढी समय बित्नेछ । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ ।
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । लामो यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं