यस वर्षको हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको छ । आज बेलुकादेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् । यो प्रणाली भोलि दिउँसोसम्म काठमाडौं आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा छिटपुट पानी पर्न सक्ने अनुमान छ । मधेशबाहेक अरू ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य असर पर्ने अनुमान छ । पर्सी शनिवार आज र भोलिभन्दा कम वर्षा हुने मौसमविद् लामिछानेले बताए ।
मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सिसम्म नै हल्का हिमपातको सम्भावना छ । पर्सी बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । नेपालमा मङ्सिर मध्यदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झन्डै १० दशमलव ६ प्रतिशतमात्रै वर्षा भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं