२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८१ फागुन १५ गते बिहीबार

दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी बाँगेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरू आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार