मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो ।
मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज (फागुन १५ गते) देखि लागू भएको उनको भनाइ छ ।
उनका अनुसार सानो सानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकोले यो व्यवस्था गरिएको उनको भनाइ छ । यसमा अन्य कुनै आर्थिक कारण नभएको उनको भनाइ छ । आजैदेखि एनसेलले पनि सोभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं