सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस)को उपचार गराइरहेकी छन् । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्याइएको थियो । १० दिन वीर अस्पतालमा राखेर उपचार गर्दा उनको समस्या ठिक नभएपछि वीरले नरदेवी आयुर्वेदिक अस्पतालमा प्रेषण गर्यो ।
तत्काल अञ्जुलाई नरदेवी लगे पनि त्यहाँ शय्या पाइएन । उनको अवस्था झन्झन् जटिल बन्दै गयो । उनका भाइले इन्टरनेटमा खोज्दा प्यारालाइसिसको राम्रो उपचार हुने भएपछि स्पार्क हेल्थ होम अस्पताल लगेर उपचार गरियो । ४४ वर्षीया अञ्जु अहिले राम्रोसँग बोल्न, हिँडडुल गर्न सक्ने भएकी छन् ।
‘प्यारालाइसिसले मुखसमेत बाङ्गिएको थियो । अब बिस्तारै आफैँ हिँड्न थालेकी छु । अझै केही दिन स्पार्क अस्पतालमा उपचार गरेपछि पूर्ण रूपमा ठिक हुन्छु,’ अञ्जु राईले भनिन् । अहिले राईको रक्तचाप पनि नियन्त्रणमा छ । उनलाई उपचार गर्ने डा.गीता केसीले राईलाई विभिन्न थेरापी माध्यमबाट उपचार गराइरहेको बताइन् ।
‘उहाँ सुरुमा अस्पताल आउँदा पूर्णरूपमा अशक्त हुनुहुन्थ्यो । वैकल्पिक चिकित्सा पद्धतिको उपचारले गर्दा हिँडडुल गर्न सक्नुहुन्छ,’ डा.केसीले भनिन्, । अस्पतालकी इलेक्ट्रोथेरापी इन्चार्ज मेनुका कार्कीले राईको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको बताइन् । कार्कीले भनिन्, ‘उनलाई इलेक्ट्रोथेरापीबाट उपचार गरिरहेका छौँ । अब केही दिन अस्पतालमा बसेपछि सबै ठिक भएर डिस्चार्ज हुनुहुनेछ ।’
यस्तै कीर्तिपुरका बालकृष्ण अधिकारीको तीन वर्षअघि ढाडको भागको नसा च्यापिएर न्युरो अस्पतालमा भर्ना भइन् । अस्पतालले शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी वैकल्पिक चिकित्सा उपचारमा लागिन् । केही दिनको थेरापीपछि उनी पूर्ण रूपमा ठिक भएर जानुभयो । तीन वर्षपछि उनको समस्या बल्झियो । अहिले उनी अस्पतालमा उपचाररत छन् ।
अधिकारीले वैकल्पिक चिकित्साले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताए । पछिल्लो समय नेपालमा वैकल्पिक तथा प्राकृतिक चिकित्साको महत्व बढ्दै गएको छ । विशेष गरी नरदेवी आयुर्वेदिक अस्पताल, स्पार्क हेल्थ होम अस्पताल, सुस्वास्थ्यजस्ता अस्पतालमा प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधिबाट प्रभावकारी उपचार हुने गरेको छ ।
नरदेवी अस्पतालकी अकुपन्चर रोग विशेषज्ञ डा.जया सत्यालले नरदेवी अस्पतालमा प्यारालाइसिसका १५ जना बिरामी उपचाररत रहेको जानकारी दिइन् । डा.सत्यालले भनिन्, ‘उहाँहरू सुरुमा एलोपेथिक अस्पताल जानुहुन्छ । ती अस्पतालमा ठिक नभएपछि प्रेषण भएर यहाँ आउनुहुन्छ ।’ उनले नरदेवीमा अकुपन्चर, अकुपे्रसर र फिजियोथेरापी विधिबाट उपचार गराएर बिरामी निको हुने गरेको बताइन् ।
यीबाहेक प्यारालाइसिस, नसा च्यापिएको, हड्डी खिइएको, पिनास, अनुहार प्यारालाइसिस, माइग्रेन लगायत रोगको उपचार प्राकृतिक तथा वैकल्पिक चिकित्सा पद्धतिबाट हुने गरेको छ । डा.केसीका अनुसार इलेक्ट्रोथेरापी, फिजियोथेरापी, मसाजथेरापी गरेर उपचार गर्ने गरिन्छ । डा.केसीले वैकल्पिक तथा प्राकृतिक चिकित्सामा लामो समयसम्म उपचार गरेर बस्नुपर्ने बताइन् ।
प्यारालाइसिस लगायतका रोगको उपचारका लागि कम्तीमा एक महिनादेखि तीन महिनासम्म लाग्ने गर्छ । कतिपय जटिलखालको प्यारालाइसिस लगायतका समस्या ठिक हुनलाई एक वर्षसम्म लाग्ने गरेको छ । नरदेवी अस्पतालकी डा.सत्यालले सडक दुर्घटना, रुखबाट लडेका बिरामी, स्पाइनल कर्ड इन्जुरी भएका बिरामीका लागि प्राकृतिक तथा वैकल्पिक चिकित्सा वरदान साबित हुने गरेको बताइन् ।
डा.केसीले प्राकृतिक चिकित्साले वनस्पतिजन्य औषधी र जीवनशैलीलाई बढी महत्व दिने बताइन् । उनले आहार, व्यायाम, प्राणायाम, ध्यानका माध्यमले उपचार गर्ने प्राकृतिक चिकित्सा विधाले स्वास्थ्य सम्बन्धी सचेतना र ज्ञान विस्तार गर्ने बताइन् । उनले प्राकृतिक चिकित्साले शरीरमा ऊर्जा सञ्चार गरी सन्तुलित र ऊर्जावान् बनाउन सहयोग गर्ने बताइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं