नेपाल प्रहरीका आठ जना अधिकृतहरु आगामी चैत ५ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ गते भर्ना भएका पाँच एआइजी र तीन जना डीआइजी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
अधिकांश उमेर हदका कारण यसअघि नै अवकाश भए पनि आठ जना भने तीन सातापछि मात्रै अवकाश हुन लागेका हुन् । उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।
जसमा एआइजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई एकसाथ अवकाश हुनेछन् । एआइजी बढुवा सिफारिस भएका भट्टराई हाल कर्णाली प्रदेशको प्रमुख छन् ।
बढुवा भएपछि उनी प्रदेश समन्वय विभागमा छोटो समयका लागि रहनेछन् । भट्टराईले एआइजीमा बढुवा भएर दज्र्यानी चिन्ह लगाउन बाँकी भए पनि अवकाशको पत्र भने बुझिसकेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं