सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुनेछ । मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार ०७:४२

लोकप्रिय