हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि आज धूमधामसँग मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्रीको पर्व विशेष महत्त्व राख्छ । यस अवसरमा, श्रद्धालु भक्तजनहरूले भगवान् शिवको आराधना गर्दै रातभर जागा बसेर भजन–कीर्तनमा सहभागिता जनाउने परम्परा छ ।
विशेषगरी, महिलाहरूका लागि यस पर्वको धार्मिक र सांस्कृतिक महत्त्व अत्यन्त ठूलो मानिन्छ । शिवरात्रीको दिन विशेष गरी अविवाहित युवतीहरू शिवजीको प्रार्थना गर्दै असल पतिको कामना गर्छन् भने विवाहित महिलाहरू आफ्नो पति र परिवारको सुख र समृद्धिको लागि पूजा अर्चना गर्छन् । यस दिन उपवासी रहने र शिवलिंगमा बेलपत्र र पानी चढाउने परम्परा पनि छ ।
महाशिवरात्रिको दिन भगवान् शिवको प्रकट तथा विवाहको घटना भएको बताइएको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख छ कि सृष्टिको आरम्भमा यस दिन मध्यरात्रि भगवान् शंकर रुद्रको रूपमा ब्रम्हाबाट अवतरण भएका थिए । यस्तै, समुन्द्र मन्थनका समयमा भगवान् शिवले सम्पूर्ण ब्रम्हाण्डको रक्षा गर्न विष पिएका थियो, जसको कारण उनको गला नीलो भएको थियो । यसैले शिवजीलाई नीलकण्ड पनि भनिन्छ ।
महाशिवरात्रिका दिन भगवान् शिवको उपासना गर्ने भक्तजनलाई भोग र मोक्ष दुवै प्राप्ति हुने विश्वास राखिन्छ । प्रसिद्ध धार्मिक गुरु ध्रुव प्रसाद ढकालका अनुसार, शिवपुराणमा यस दिनको उपासना गर्नेले परम सुख प्राप्ति गर्दछ भन्ने उल्लेख छ ।
महाशिवरात्रिको विशेष पूजा गर्नका लागि विभिन्न सामग्रीहरूको आवश्यकता पर्छ, जस्तै शमीको पात, बेलपत्र, धतुरो, भांग, तुलसीको दल, गाईको काँचो दूध, गंगाजल, पञ्चमेवा, पञ्चरस, र शिव–पार्वतीको श्रृंगारका सामग्रीहरू । यी सामग्रीहरूको प्रयोगले पूजा पूर्ण र प्रभावकारी बनाउँछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं