२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

अनुमति नलिएरै नेपालगन्ज शिक्षण अस्पतालको नाम फेरियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ फागुन १३ गते मंगलबार

नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सरकारी निकायबाट अनुमति नलिइ नाम परिवर्तन गरेको छ । सेवा सुविधा विस्तारलगायतका मागसहित कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले बाहिर सञ्जीवनी अस्पतालको बोर्ड लगाएको छ ।

आन्दोलनरत कर्मचारीले एक पटक बोर्ड हटाए पनि पुनः सोही बोर्ड राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लर्डबुद्ध एकेमेडी लिमिटेडले भाडामा लिई नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज बाहिर कुनै पनि प्रकारको अनुमितबिना सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित नेपालगन्ज हस्पिटल भन्ने बोर्ड राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रमुख प्रशान्त बिष्टले बाहिर सञ्जीवनीको नाममा बोर्ड राखी भित्र लर्डबुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । नेपालगन्ज उपमहानगरपालिकाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘२४ घण्टाभित्र सञ्जीवनी कलेज सञ्चालनका लागि तीनै तहका सरकारबाट कहिँ कतै अनुमति प्राप्त भएको भए पेस गर्न प्राप्त नभएको भए उक्त बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र गरेअनुसार कारोबार गर्न गराउन निर्देश गरिएको छ ।’

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार