महाशिवरात्री पर्व मनाउनका पाशुपत क्षेत्रलाई सिंगारिँदै गर्दा उक्त क्षेत्रमा विभिन्न वर्गका पाहुनाहरुको आगमन भैइरहको छ । यसैबीच महाशिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन् ।
हरेक वर्ष मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने परम्परा रहेको छ । नागा बाबाहरू आज जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका थिए ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरू आउने गर्छन् । अहिले महाशिवरात्री पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरूको संख्या पनि वृद्धि भएको छ ।
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार
सत्यपाटी