२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सहायक हवल्दारसहित १० प्रहरी सम्पर्कबिहीन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन ११ गते आइतबार

नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारी सम्पर्कबिहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी सहायक हवल्दारसहित १० जना सम्पर्कबिहीन भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

तोकिएको समयभित्र कार्यालयमा उपस्थित नभए सेवाबाट हटाइने समेत चेतावनी दिइएको छ । गैर हाजिर हुनेमा सहायक हवल्दार कृष्ण कार्की, प्रहरी जवान रञ्जित श्रेष्ठ, खिमबहादुर बुढाथोकी, अश्मी तामाङ लगायत रहेका छन् ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार