२०८१ फागुन ११ गते आइतवार, २३ फेब्रुवरी २०२५ । फाल्गुण कृष्णपक्ष दशमी तिथि, १०ः३३ बजेपछि एकादशी । मूल नक्षत्र, १५ः५४ बजेपछि पूर्वाषाढा । चन्द्रराशि धनु ।
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । जिम्मेवारी बढ्नेछन् । मुख्य काममा बाधा हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ । काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला । पढाइलेखाइमा पनि समय दिन नसकिएला । अरूको भरपर्दा काम रोकिन सक्छ, सजग रहनुहोला ।
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । तत्काल धेरै लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ ।
आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले थप उत्साह जगाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ ।
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईष्र्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन् । कसैले करकापमा पारेर फाइदा उठाउने कोसिस गर्नेछन् । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । रकम बाहिरिनेछ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला ।
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । आफ्नैले कुनै काम बिगार्न सक्छन् । अन्याय विरुद्ध विद्रोही भावना जागृत हुनेछ । तर काम बिग्रने डरले सताइरहनेछ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्राथमिकताका आधारमा काम गर्ने प्रयास गर्नुहोला, लाभ मिल्नेछ ।
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । सोचेको काममा आफ्नै सहयोगीहरू बाधक बन्न सक्छन् । आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन् । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम गर्न सकिनेछ ।
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ । धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ । अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । शुभचिन्तकहरूको साथ भने पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा चिताएको काम बन्न सक्छ ।
पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
गरेको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । पछिका लागि सञ्चय वा लगानी गर्न सकिनेछ ।
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं