देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
‘काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । तर, निकै न्यून सम्भावना छ,’ मौसमविद् सरोज पुडासैनी भन्छन्, ‘काठमाडौंमा आज वर्षाको सम्भावना दश प्रतिशत मात्रै छ ।‘ बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो २२ देखि २४ डिग्री सेल्सियससम्म रहेको छ । काठमाडौंका आज दिनभर आंशिक बदली रहनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजोको तुलनामा आज केही कम रहेको उनले बताए । आज रातिसम्म यसको सामान्य प्रभाव रहने उनको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं