सूचनाको शक्ति - The Power Of Information

        

कार्यालयमै मृत भेटिए प्रहरीका ‘सई’

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) आइतबार बिहान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको पानी टंकीमा जाने फलामको सिढीमा प्रहरी नायब निरीक्षक ४९ वर्षी धनराज खतिवडा मृत फेला परेका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा–४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए । नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतवार १५:१३

लोकप्रिय