२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण, उपरथी घाइते

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ फागुन ३ गते शनिबार

नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ । आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो ।

तोडफोडका क्रममा ढकाल घाइते भएका थिए । ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार