२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

सात महिनामा डेढ लाख बढी सवारी लाइसेन्स छापियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन ३ गते शनिबार

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । माघ मसान्तसम्म एक लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

साथै यो अवधिमा सवारी चालक अनुमति पत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ । यसैगरी विभागले सवारी साधनमा जी.पी.एस.जडान कार्य निरन्तर रूपमा अगाडि बढाएको छ । यस्तै माघ मसान्तसम्ममा ३७ हजार ९५४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ भने सात हजार ४७६ थान जडानका लागि यातायात कार्यालयहरूमा वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार