२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

विद्यार्थी बोकेको बस दुर्घटना, दुईको मृत्यु, २० घाइते

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन १ गते बिहीबार
फाइल तस्वीर

काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।

प्रवक्ता आचार्यका अनुसार चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस नगरकोट पिकनिक गएर फर्कने क्रममा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८१ फागुन १ गते बिहीबार