दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गुराँस गाउँपालिका–०६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरूबाट अख्तियारले बुढासहित, इन्जिनियर सरोज दाहाल, सव–इन्जिनियर नविनकुमार विसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ल लगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको मागदाबी लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार
सत्यपाटी