२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

महेन्द्र माविलाई नरैनापुर अध्यक्ष कप तथा रनिङ शिल्डको उपाधि

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ माघ २७ गते आइतबार

बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया प्रथम भएको छ । प्रतियोगितामा १६ स्वर्ण, पाँच रजत र दुई कास्य गरी कुल २३ पदक हात पार्दै महेन्द्र माध्यमिक विद्यालय मटेहियाले उपाधि जितेको हो ।

गाउँपालिकाको वडा ४ नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदाँवाको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नौ स्वर्ण, नौ रजत र सात कास्यसहित कुल २५ पदक प्राप्त गरेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय उपविजेता बनेको छ । यस्तै दुई स्वर्ण, १४ रजत र १० कास्यसहित कुल २६ पदक प्राप्त गरी आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर तेस्रो भएको छ ।

प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर ३ का वडाध्यक्ष अजय मिश्र, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी लगायतले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको शिक्षा शाखाका प्राविधिक कमल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार