सूचनाको शक्ति - The Power Of Information

        

महेन्द्र माविलाई नरैनापुर अध्यक्ष कप तथा रनिङ शिल्डको उपाधि

बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया प्रथम भएको छ । प्रतियोगितामा १६ स्वर्ण, पाँच रजत र दुई कास्य गरी कुल २३ पदक हात पार्दै महेन्द्र माध्यमिक विद्यालय मटेहियाले उपाधि जितेको हो ।

गाउँपालिकाको वडा ४ नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदाँवाको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नौ स्वर्ण, नौ रजत र सात कास्यसहित कुल २५ पदक प्राप्त गरेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय उपविजेता बनेको छ । यस्तै दुई स्वर्ण, १४ रजत र १० कास्यसहित कुल २६ पदक प्राप्त गरी आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर तेस्रो भएको छ ।

प्रतियोगिताका विजेता विद्यालय र खेलाडीलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर ३ का वडाध्यक्ष अजय मिश्र, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी लगायतले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको शिक्षा शाखाका प्राविधिक कमल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतवार १४:१५

लोकप्रिय