कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक रिक्त रहेको बताए । कर्णालीमा दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् ।
हाल विद्यालयका आधारमा १७ हजार ३८४ हो । ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जना मात्र छन् । यस्तै एक हजार १४० निम्न माध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन् । यो तहमा हुनुपर्ने चार हजार ५६० शिक्षक हुन् । अहिले एक हजार ८६१ जना कार्यरत छन् ।
यसैगरी, ६०५ माविमा एक हजार ७४९ शिक्षक अपुग छन् । यो तहमा हुनुपर्ने तीन हजार २५ मा अहिले एक हजार २७६ जना शिक्षक मात्र छन् । २५९ उच्च माविमा ४५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्नेमा अहिले ५७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ ।
कानुन अनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली