भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कारर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् ।
गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए । उनीहरु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो ।
सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको वडा सदस्य कवारीले बताए । उनीहरू सबैजना एकैपरिवारका रहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं