सूचनाको शक्ति - The Power Of Information

        

आज माघ २० गतेको राशिफल : मेषलाई चिन्ता, धनुलाई अप्ठ्यारो

२०८१ माघ २० गते, आइतवार, २ फेब्रुवरी २०२५ । माघ शुक्लपक्ष चतुर्थी तिथि, १२ः१४ बजेपछि पञ्चमी । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । सञ्चित धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

माहोल रमाइलो रहनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । तर, विवादास्पद क्षेत्रमा लाग्नाले केही समस्या पनि आउन सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेत परे पनि नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि पछिका लागि विशेष काम गर्ने समय छ । अध्ययनमा गुरुजनको सहयोग लिँदा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । रुखो व्यवहार गर्नाले शुभचिन्तकहरू टाढिनेछन् । बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला । हडबडीले काम बिग्रन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । नयाँ कामतर्फ उत्साहित भइनेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । विशेष उपहार प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले काममा हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुनेछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतवार ०५:४७

लोकप्रिय