अदालतले दिएको आदेश शिरोपर गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ । सरकारको खर्च कटौतीको नीति लिँदै गर्दा अमेरिकी सरकारले दिने स्वदेशी तथा विदेशी अनुदान तथा ऋणमाथि तीन महिनाका लागि रोक लगाउने आदेश सरकारको बजेट कार्यालयले जारी गरेको थियो ।
तीन महिनाको लामो समीक्षा अवधि कायम गर्दै सयौँ अर्ब डलरको अनुदान र ऋण परिचालन तत्काल रोक्न उनले कार्यकारी निर्णय गरेसँगै राष्ट्रपति कार्यालयले सो आदेश कार्यान्वयनमा ल्याएको थियो । अमेरिकी सरकारको अनुदानमा आश्रित संस्थाका प्रतिनिधिले त्यस विषयमा त्यहाँको अदालतमा मुद्दा दायर गरेसँगै अमेरिकी जिल्ला न्यायाधीश लोरेन एल अली खानले सो आदेश कार्यान्वयन तत्काल नगर्न मङ्गलबार अन्तरिम आदेश दिएका थिए ।
आदेशको पालना गर्दै राष्ट्रपति कार्यालयले निर्णय कार्यान्वयन तत्कालका लागि रोकेको जनाएको छ । सो विषयमा विस्तृत निर्णय भने अर्को साता आउने अनुमान गरिएको अमेरिकी समाचार संस्था सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ । राष्ट्रिय गैरनाफामुखी परिषद् र अमेरिकन पब्लिक हेल्थ एसोसिएसनले मुद्दा दायर गर्दै यस आदेशले आमनागरिकको जीविकोपार्जन र स्वास्थ्यसम्बन्धी हक अधिकार खोसेको आरोप लगाएको छ ।
आदेशमा रोकिएका विदेशी अनुदानबारे के हुने भन्ने प्रस्ट भनिएको छैन । द ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार तत्काल अनुदान र ऋणका विषयमा भएको निर्णय मात्र रद्द भएको प्रस्ट पारे । कार्यालयले जारी गरेको वक्तव्यमा ‘ओएमबी मेमोरेन्डम एम–२५–१३ लाई रद्द गरिएको उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं